IME Life New

कम समयमै १५ गुणा बढी रिटर्न दिएको हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको २ महिनामै लगानीकर्तालाई १५ गुणा बढी रिटर्न दिएको हाथवे इन्भेस्टमेन्ट नेपालले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार (पुस २ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ नगद लाभांश छन्।

Esewa
Crest

यसैगरी कम्पनी प्रस्तावित लाभांश पारित गर्न आफ्नो १५ औँ वार्षिक साधारणसभा पनि यही पुस २६ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेभन्दा अगाडिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

दोस्रो बजारमा यो कम्पनीको शेयर प्रतिकित्ता ७५०.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS