IME Life New

चार महिनामा वाणिज्य बैंकहरुको नाफा २१ अर्ब माथि, नबिल अग्रस्थानमा (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म वाणिज्य बैंकले २१ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ४ महिनामा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। यो अवधिसम्म सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ। नबिलले २ अर्ब १६ करोड खुद नाफा कमाएको छ।

Esewa
Crest

धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंक १ अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी कात्तिकसम्म बढी नाफा आर्जन गर्ने सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंक क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। यी बैंकले क्रमशः १ अर्ब ८६ करोड रुपैयाँ, १ अर्ब ५३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेका छन्।

कात्तिकसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिद्धार्थ बैंक रहेको छ। यो बैंकले ३३ करोड ३८ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ।
समीक्षा अवधिसम्म कृषि विकास बैंकले २७ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS