IME Life New

गरिमा क्यापिटलले पायो म्युचुअल फन्डको योजना व्यवस्थापक तथा डिपोजिटरीको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको छ।

गत मंसिर २२ गते धितोपत्र बोर्डले गरिमा क्यापिटललाई उक्त अनुमति प्रदान गरेको हो। अब निकट भविष्यमै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजना सञ्चालन गर्दै जाने कम्पनीको योजना रहेको छ।

Esewa
Crest

धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर गरिमा क्यापिटलले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्यसम्बन्धी सेवा प्रवाह गर्दै आएको छ। गरिमा क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनी हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS