IME Life New

लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत पुस २४ गते, २७औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा गर्ने कम्पनीले जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस शेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

त्यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले गत र्आिक वर्षको नाफा नोक्सान, हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजन कालागि पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS