काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक २७ दशलमव ७५ अंकले बढेर २ हजारमाथि उक्लिएको छ । । आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै उपसमुह बढेका छन् ।
आज २१ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ११ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ दशलमव ८० प्रतिशत बढीले कमाएका छन् । त्यस्तै, पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ६० प्रतिशतभन्दा बढीले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ७७ प्रशिततका दरले गुमाएका हुन् ।