काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा पनि आब्हान गरेको छ । कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा पुस २९ गते विहान ११ बजे कार्की ब्याङकेटमा गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गतेबाट पुस २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसका आधारमा पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।