काठमाडौं । बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । उक्त सभा यति इभेन्ट्स बसुन्धरामा आयेजना गर्ने भएको हो । उक्त सभा दिउँसो १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
कम्पनीको सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साधारण प्रस्तावमा आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्नेछ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने जनाएको छ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।