IME Life New

यस साता नेप्से ७% ले बढ्यो, निर्जीवन बीमा उपसमूह सर्वाधिक बढ्दा कुनको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से १८५२.७७ को विन्दुमा बन्द भएको थियो भने यस साता ७.६६ प्रतिशतले बढेर १९९४.६० विन्दुमा कायम भएको छ ।

यस साताको पहिलो कारोबार दिन नेप्से ६ प्रतिशत बढेर सर्किट ब्रेक लागेर नियमित समय अवधिभन्दा अगावै बन्द भएको थियो। यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन बजार घटेर बन्द भएको थियो थियो ।

Esewa
Crest

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १३.४७ प्रतिशत बढेको छ। गत साता १९६२.२५ विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता २५८.३४ अंक बढेर २२२०.५९ विन्दुमा पुगेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८४२.११ अंक बढेको छ। जीवन बीमा उपससमूह ६६१ अंकले बढेको छ । बैंकिङ उपसमुह ५६ अंकले बढेको छ ।

त्यस्तै, फाइनान्स उपसमुह १५२.२६ अंकले बढेको छ । उत्पादनमुलक एण्ड प्रोसेसिङ उपसमुह ४३४ अंकले बढेको छ । विकास बैंक उपसमुह ३२० अंकले बढेको छ । माइक्रोफाइनान्स उपसमुह २६५ अंकले बढेको छ । अन्य उपसमुह १११ अंकले बढेको छ । इन्भेष्टमेन्ट उपसमुह ४ अंकले बढेको छ । ट्रेडिङ उपसमुह १५७ अंकले बढेको छ । म्युचुअल फण्ड उपसमुह सबैभन्दा कम ०.८४ अंकले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS