Connect IPS
IME Life

यस्ता छन् अनलाइन कारोबारसम्बन्धी शेयर बजारका आमलगानीकर्ताका १० जिज्ञासा र नेप्सेको जबाफ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजारमा थुप्रै लगानीकर्ता भित्रिएका छन्। विशेषगरी कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनपछि शेयर बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिएका हुन्।

२०७८ भदौ पहिलो साता नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु ३२०० चुमेको थियो। तर, राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण त्यसपछि खसेको बजार १८०० को विन्दुसम्म झरेको थियो। गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत केही लचिलो नीति लिएपछि बजारमा करिब डेढ अंकको सुधार आएको छ।

Prabhu
Crest

पछिल्लो समय शेयर लगानीकर्ताको संख्या बढ्दै जाँदा नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)सम्बन्धी जिज्ञासा बढ्दै गइरहेको छ। यसबारे सहज बनाउन नेपाल स्टक एक्सचे (नेप्से)ले नट्ससम्बन्धी जिज्ञासाका जबाफहरु सार्वजनिक गरेको छ।

नेप्सेले सञ्चालनमा ल्याएको अनलाईन ट्रेडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न जानकारीमूलक सामग्री तयार गरेको छ।

यस्ता छन् जिज्ञासा र नेप्सेको जबाफ

अनलाइन प्रयोग गर्न युजरनेम र पासवर्ड कहाँ लिने ?

नेप्सेको सदस्यताप्राप्त धितोपत्र दलालहरु र उपत्यकाबाहिर तिनीहरुका शाखाबाट नट्स प्रयोग गर्नका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सकिन्छ। धितोपत्र दलालहरुको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेबसाइट www.nepalstock.com तथा www. nepalstock.com.np मा उपलब्ध छ।

युजरनेम र पासवर्ड निःशुल्क हो ?

हो।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) भनेको के हो ?

लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यम टीएमएस हो। टीएमएसबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेश प्रविष्ट गराउन सक्छन्। सदस्य दलालले यो माध्यम लगानीकर्ताको मोबाइल तथा ल्यापटपमा उपलब्ध गराउँछन्। टीएमएसमा प्रयोगकर्ताको भूमिका के हुन्छ ?

नेप्से अनलाइन ट्रेडिङ सिस्टम रोल बेस्ड कन्टेन म्यानेजमेन्ट प्रणाली भएको हुँदा ब्रोकरको एड्मिन युजरले आफ्नो इन्टरनल युजर तथा क्लाइन्टहरुलाई आवश्यकताअनुसार रोल प्रदान गर्न सक्नेछ। यसबाट कुन युजरलाई कस्तो प्रकारको मेनु र फङ्सन दिने भन्ने व्यवस्था गर्न सकिन्छ।

टीएमएसमार्फत ब्रोकर तथा प्रयोगकर्ताले के–के गर्न सक्छन् ?

ब्रोकर तथा अनलाइन क्लाइन्टले बाई/सेल अर्डर राखी कारोबार गर्न सक्छन्। अर्डरको हरेक अवस्थाको जानकारी अर्डर बुकमा गई प्राप्त गर्न सकिन्छ। जस्तै अर्डर म्याच भएको छैन भने ओपन स्ट्याटस, अर्डर पूर्ण रुपमा म्याच भएमा कम्प्लिटेड, आदेश क्यान्सिल भएमा क्यान्सिल, पाट्र्सियल्ली म्याच भएमा पाट्र्सियल्ली ट्रेड भनी देख्न सकिन्छ। त्यसैगरी अर्डर रिजेक्ट भएमा रिजेक्टेड भन्ने स्ट्याटस देख्न सकिन्छ र यसरी अर्डर रिजेक्ट वा क्यान्सिल भएको अवस्थामा यसको कारणसमेत हेर्न सकिन्छ। अनलाइन लगानीकर्ता तथा ब्रोकरका लागि ट्रेड म्यानेजमेन्ट सिस्टममा आफ्नो पुरानो अर्डर तथा कारोवार हेर्ने सुविधा छ।

हितग्राही खाता र कारोबार खातालाई किन आबद्ध गर्नुपर्छ ?

लगानीकर्ताको एउटा हितग्राही खातालाई सदस्य दलालसँग खोलिएको एउटा कारोबार खातासँग आबद्ध गरेपछि मात्र नट्समा कारोबार गर्न सकिन्छ। यसले कारोबारपछिको राफसाफ तथा फर्छ्यौटलाई सहज बनाउँछ।

अनलाइन कारोबार सुविधा लिएका लगानीकर्ताले अफलाइन कारोबार गर्न सक्छन् कि सक्दैनन् ?

अनलाइन युजर ब्रोकरमार्फत वा आफैले खरिदबिक्री आदेश प्रविष्टि गरी कारोबार गर्न सक्छन्। लगानीकर्ताले कुनै पनि ब्रोकरमा खाता खोल्दा अफलाइन वा अनलाइन भनी जानकारी गराउनुपर्दछ।

अनलाइन भुक्तानी/फन्ड ट्रान्सफर कसरी गर्ने ?

ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट, प्रभु र सिद्धार्थ गरी चारवटा क्लियरिङ बैंक नेप्से टीएमएससँग आबद्ध छन्। ट्रेड म्यानेजमेन्ट सिस्टमको माध्यमबाट सम्बन्धित बैंकको ई–बैंकिङ पोर्टलमा गई लगानीकर्ताले ब्रोकरको अकाउन्टमा फन्ड/कोल्याट्रल ट्रान्सफर गरी कारोबार गर्न सक्छन्। नेपाल नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध बैंक तथा वित्तीय संस्थाबाट पनि यो सुविधा लिन सकिन्छ।

कारोबार सीमा भनेको के हो ?

ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकताअनुसार कारोबार सीमा (ट्रेडिङ लिमिट) दिई कारोबारको जोखिम न्यूनीकरण गरेका हुन्छन्। ब्रोकरले आफ्नो टीएमएसबाट कुन युजरले कति धितो (कोल्याट्रल) प्रयोग गरेको छ भन्ने जानकारी समेत पाउन सक्छन्।

कारोबारका लागि किन धितो जम्मा गर्ने ?

कारोबार गर्नका लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नुपर्छ। धितो जम्मा गरेको आधारमा ब्रोकरले लगानीकर्तालाई कारोबार सीमा प्रदान गर्छन्।

मार्केट वाच र मार्केट डेप्थबाट के गर्न सकिन्छ ?

मार्केट वाच र मार्केट डेप्थ तथा बाई/सेल विन्डोमा गई कारोबारको आदेश प्रविष्टि गर्न सकिन्छ। मार्केट डेप्थ विन्डोमा गई त्यहाँ रहेको बाई÷सेल बटनमा क्लिक गरी आदेश प्रविष्टि गर्न सकिन्छ। यसले गर्दा आदेश प्रविष्टिका लागि बाई/सेल स्टक मेनुमा गई राख्नुपर्दैन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS