काठमाडौं । कारोबार समयमा नेप्से परिसूचक २००० विन्दुमाथि पुगे पनि अन्त्यमा सामान्य अंकले बढेर बन्द भएको छ । बुधवार नेप्से परिसूचक २ दशमलव ६० अंकले वृद्धि हुँदै १९८८ दशमलव ०४ विन्दुमा बन्द भएको छ ।
बुधवार ३ अर्ब ९० करोडको कारोबार भएकोमा ब्रोकर नम्बर ३४बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ३४बाट २६ करोड ६६ लाखको खरीद हुँदा १७ करोड २९ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट १९ करोड ४३ लाखको खरीद हुँदा १७ करोड २८ लाखको विक्री भएको छ ।
शिर्ष ५ ब्रोकरमध्ये शिर्ष ३ ब्रोकरले विक्रीको तुलनामा खरीद धेरै गरेका छन् ।