काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको हो । यी दुबै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ७९५ रुपैयाँ ४५ पैसा कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै, नेप्सेले मितेरी डभेलपमेन्ट बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ३९० रुपैयाँ ८७ पैसा कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४२८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।