IME Life New

सामान्य अंकले बढेको शेयर बजारमा ३.९० अर्बको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। आज कारोबार ३ अर्ब ९० करोड रुपैयाँ बढीको भएको छ।

नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको छ। आज इन्ट्राडेमा नेप्से २००० माथि उक्लिएको थियो। आज नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओरालो लागेका छन्। विकास बैंक समूह सर्वाधिक १.१५ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूह सर्वाधिक १.६२ अंकले घटेको छ।

Esewa
Crest

सामान्य बढेको बजारमा आज १३४ कम्पीको शेयरभाउ उकालो लागेको छ भने १०० वटाको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृत २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७०.२७ रुपैयाँमा किनबेच भएका छन्।

बजारमा आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको १४ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज बोटलर्स नेपाल (बालाजु)का शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ। आज मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रो, सानिमा डिबेन्चर र मानुषी लघुवित्तको भाउ पनि १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ५.६९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS