IME Life New

आइपीओमा १० कित्ते नीति हटाइएमा शेयर बजारमा कस्तो पर्ला प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आइपीओमा १० कित्ते नीतिको अहिले व्यापक चर्चा चल्न थालेको छ। यो नीतिको केही लगानीकर्ताले खुलेर समर्थन गरिरहेका छन् भने केहीले यो नीति उचित नरहेको तर्क गरिरहेका छन्। नेपाल धितोपत्र बोर्डले हालै आइपीओमा १० कित्ते नीतिको पुनरावलोकन गर्न अध्ययन समिति गठन गरेको छ। समितिले १० कित्ता नीतिको पुनरावलोकनका लागि अध्ययन गरेर राय सुझाव दिनेछ। सोही रायसुझावका आधारमा धितोपत्र बोर्डले १० कित्ते नीतिमा पुनरावलोकन गर्नेछ।

पुराना लगानीकर्ता श्याम तिमिल्सिना ठूला लगानीकर्तालाई पोस्नका लागि १० कित्ते नीति हटाउने तयारीमा नियामक निकाय लागेको आरोप लगाउँछन्। ‘अहिले १० कित्ते नीतिकै कारण शेयर बजारमा लगानीकर्ता बढ्दै गइरहेका छन्। जस्तोसुकै कम्पनीले पनि पुँजी जुटाइरहेका छन्’, उनले भने, ‘यो नीति परिमार्जन भएमा विशेषगरी गृहिणी, विद्यार्थी र साना लगानीकर्ता शेयर बजारबाट विस्थापित हुनेछ। ठूलाले शेयर बजारमा कब्जा जमाउँदै जानेछन्।’

Esewa
Crest

बुक बिल्डिङ विधिमार्फत आउने कम्पनीको आइपीओमा सर्वसाधारणले ५० कित्ता शेयर अनिवार्य भर्नुपर्ने व्यवस्था पनि उचित नरहेको तिमिल्सिना बताउँछन्। ‘उदाहरणका लागि सर्वोत्तम सिमेन्टको आउन लागेको आइपीओलाई लिन सकिन्छ। त्यसमा ५० कित्ता भर्न १८ हजार रुपैयाँ लाग्छ’, उनले भने, ‘अनि थोरै–थोरै लगानी गर्दै आएकाहरुले कहाँबाट पैसा जुटाउने ? त्यसैले आइपीओ भर्ने पनि थोरै हुन सक्छन्। ती थोरै भनेका पैसा भएकाहरुमात्रै हुनेछन्।’

आइपीओमा १० कित्त नीति हटाएमा साना लगानीकर्ता मर्कामा पर्ने बजार जानकार मनोज त्रिपाठी बताउँछन्। ‘आइपीओ यही १० कित्ते नीतिका कारण अहिले नेपालको शेयर बजारमा थुप्रै लगानीकर्ता भित्रिएका छन्, गृहिणीदेखि स्कुले विद्यार्थीसम्म अहिले प्राथमिक बजारमा भित्रिएका छन्’, उनले भने, ‘यदि यो नीति हटाएमा त्यस्ता लगानीकर्ताको पहुँचबाट शेयर बजार टाढिनेछ।’

थोरै आम्दानी र सानो पुँजी भएका मानिसका आइपीओमा १० कित्ते नीति लाभदायक रहेको त्रिपाठीको भनाइ छ। ‘आफूले जम्मा गरेर राखेको थोरै–थोरै रकम पनि आइपीओमार्फत लगानी गर्दै जाने बानी आममानिसमा परेको छ’, उनले भने, ‘यदि यो १० कित्ते नीति फेरिएमा सानो पुँजीबाट लगानी बढाउँदै जाने आममानिसको सपना चकनाचुर हुनेछ।’ त्यसैले आइपीओमा १० कित्ते नीति हटाउनु त्यति उचित नहुने त्रिपाठीको भनाइ छ।

ब्रोकर हाउसमा भेटिएकी लगानीकर्ता सबिता भण्डारीले आइपीओमा १० कित्ते नीति हटाए आफूजस्ता थुप्रै गृहिणी शेयर बजारबाट पलायन हुने बताइन्। ‘आइपीओमा १० कित्ते भए पनि शेयर पर्ने आशाले अहिले थुप्रै गृहिणीहरु शेयर बजारमा प्रवेश गरेका छन्, थोरै–थोरै भए पनि बजार लगानी गरिरहेका छन्’, उनले भनिन्, ‘१० कित्ते नीति हटाएमा शेयर बजार छाड्नुको विकल्प हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

19%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS