IME Life New

बाह्र वटा बीमा कम्पनीमा बाह्य लेखा परिक्षकबाट विशेष छानबिन गराउँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको सम्पत्ती र दायीत्वको अवस्थाबारे विस्तृत अध्ययनका लागि विस्तृत लेखा परिक्षण(ड्यु डिलिजेन्श अडिट डिडिए) गराउने भएको छ। प्राधिकरणले जीवन र निर्जीवन बीमा कारोबार गर्दै आएका बीमकको वित्तीय स्वास्थ्यस्थितिको यकीन तस्वीर बाहिर ल्याउनका लागि विशेषज्ञ टोलीमार्फत् डिडिए गर्न लागेको हो ।

प्राधिकरणले प्रकाशन गरेको सूचना अनुसार चालू आर्थिक वर्ष २०८०।८१ मा जीवन र निर्जीवन समेत कूल १२ वटा बीमा कम्पनीमा डिडिए गरिने भएको हो । डिडिएका लागि विशेषज्ञ सेवा प्रदान गर्न ईच्छुक चार्टर्ड अकाउण्टेण्ट फर्म वा कम्पनीहरुलाई प्रस्ताव पेश गर्न प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणका अनुसार विशेषज्ञ सेवाका लागि पौष २४ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ। प्राधिकरणले प्रत्येक बीमकको डिडिएका लागि बेग्ला बेग्लै चार्टर्ड अकाउण्टेण्ट फर्मलाई जिम्मेवारी दिनेछ।

Esewa
Crest

प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले डिडिएका लागि सेवा प्रदायक स‌ंस्थाबाट आवेदन माग गरिएको जानकारी दि‌ंदै १२ वटा चार्टर्ड अकाउण्टेण्ट फर्म वा कम्पनीलाई डिडिएको काम जिम्मा लगाइने बताए ।

डिडिएका माध्यमबाट बीमकले तयार पारेका वित्तीय विवरणहरुको वास्तविक अवस्थाबारे सम्परिक्षण गर्नका लागि महत्वपूर्ण तथ्यहरु प्राप्त हुन्छ। प्राप्त तथ्य र सुझावका आधारमा प्राधिकरणले बीमकलाई सुधारका कदम चाल्न सुझाव दिने, अनियमिता फेला परे सचेत गराउने वा कारवाही गर्नेछ।

सामान्य भाषामा बुझ्नुपर्दा हामीले आफ्नो घरको नियमित सरसफाई दैनिक जसो गरि नै रहेका हुन्छाै‌ं, यसो गर्दा सबै चीज सफा र ठीक दुरुस्त अवस्थामा छ भन्ने अनुमान गरिन्छ। तर तिहारका बेला विशेष सरसफाई अभियान सञ्चालन गर्दा घरको कुनै कुनामा थन्किएको कुनै सामानमा धमिरा लागेको, साङ्गला वा मुसा पल्किएको वा तराई तिर हो भने सर्प लुकेको पनि फेला परे झै‌ं डिडिएले बीमकको प्रणालीभित्र रहेको कमजोर पक्ष पहिचान गर्न समेत सहयोग पुर्‍याउँछ। प्राधिकरणले यसअघि अघिल्लो आव २०७८।७९ मा समेत आठ वटा बीमा कम्पनीको डिडिए गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS