IME Life New

सर्वसाधारणका लागि आइपीओ ल्याउन सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले स्थानीय र सर्वसाधारणका लागि आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन लिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। जसबाट कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ संकलन गर्नेछ।

कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर बिक्री गर्दा कायम भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर आइपीओ जारी गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताबाट परेको बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। जसअनुसार कम्पनीले १० प्रतिशत छुट दिएर प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ ल्याउन लागेको हो।

कम्पनीले कुल ६० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको छ। बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता अब स्थानीय र सर्वसाधारणका लागि जारी हुनेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS