काठमाडौं । हिजो १११ अंकले बढेर सकारात्मक सर्किट लागेर बजार बन्द हुने समय अगाबै बन्द भएको नेप्से आज भने घटेको छ । आज बजारमा करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १,९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।