IME Life New

खोई बीमा नियमावली मस्यौदा ? अर्थ मन्त्रालयको मुसोले खायो !

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन २०७९ को प्रभावकारी कार्यान्वयनका लागि तयार पारिएको बीमा नियमावलीको मस्यौदा अर्थ मन्त्रालयबाटै हराएको छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणले बीमा नियमावलीको मस्यौदा तयार पारेर गत जेठमा तालुक मन्त्रालय अर्थ मन्त्रालयमा पेस गरेको थियो । राय–सुझावसहित स‌ंशोधित मस्यौदा अर्थ मन्त्रालयको कानुन महाशाखामा पेस गरेको ७ महिना बितिसक्दा पनि मन्त्रालयबाट नियमावली स्वीकृत भएको छैन ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले शुक्रबार राष्ट्रिय बीमा नीति २०८० जारी गरेसँगै बीमा नियमावलीबारे अर्थ मन्त्रालयमा चासो राख्दा मन्त्रालयका जिम्मेवार अधिकारीहरुले नियमावलीको मस्यौदाको पछिल्लो अवस्थाबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिइरहेका छन् ।

Crest

मस्यौदाबारे सोधी–खोजी गर्दा कानुन महाशाखाले माथि पठाइसक्यौ‌ँ भन्ने प्रतिक्रिया दिन्छ। सचिवलाई सोध्दा जानकारी छैन भन्छन्। सहसचिवले आफ्नो हातै नपरेको प्रतिक्रिया दिन्छन् । त्यसो हो भने के त्यो मस्यौदा अर्थ मन्त्रालयको मुसोले खायो त ? गम्भीर प्रश्न खडा भएको छ ?

२०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको झन्डै ५ महिनापछि प्राधिकरणले बीमा नियमावली २०७९ का रुपमा यसको प्रारम्भिक मस्यौदा सीमित समूहबीच छलफलका लागि सार्वजनिक गरेको थियो । त्यसयता जीवन बीमक र निर्जीवन बीमकको सुझावका साथै अर्थ मन्त्रालयको कानुन महाशाखाको सुझावका आधारमा मस्यौदालाई अन्तिम रुप दिएर गत जेठमा मन्त्रालयमा पेस गरे पनि अझैसम्म नियमावली मन्त्रिपरिषदसम्म पुग्न सकेको छैन।

कानुन महाशाखाले मस्यौदालाई अन्तिम रुप दिएर फरवार्ड गरिएको प्रतिक्रिया दिए पनि त्यहाँबाट कहाँ पुग्यो भन्नेबारे स्पष्ट जबाफ कसैले दिन चाहेका छैनन् । मस्यौदा वित्तीय व्यवस्थान महाशाखामा पठाइए पनि त्यहाँबाट हराएको अर्थ स्रोत बतायो।

वित्तीय व्यवस्थापन महाशाखा उपसचिव केशव उप्रेतीले आफूले पनि उक्त मस्यौदा खोजिरहेको प्रतिक्रिया दिए। ‘यहाँ उक्त मस्यौदा आएको भन्ने सुनेको छु तर भेटिएको छैन’, उनले भने, ‘मैले खोज्न लगाइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS