IME Life New

नेपाल पुनर्बीमा कम्पनीको शेयर बेचेर बाहिरियो नेपाल इन्स्योरेन्स, विशाल ग्रुपले पनि बेच्यो, क-कसले किने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेचेपछि यति ठूलो कारोबार भएको छ। योसँगै नेपाल इन्स्योरेन्स शेयर बेचेर नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिएको छ।

दोहोरो अंकले बढेको बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको २९ लाख ७९ हजार ४२४ कित्ता शेयर ८६ करोड ८३ लाख ७८ हजार १०० रुपैयाँमा कारोबार भएको छ। आज ब्रोकर नं. ४ बाट मात्रै यति ठूलो संख्यामा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेचिएको हो । ब्रोकर नं. ४४, ८ र ६ बाट ती शेयर किनिएका छन्।

Esewa
Crest

स्रोतका अनुसार नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर ब्रोकर नं. ४ बाट बेचिएको हो। ब्रोकर नं. ६ बाट हिमालयन लाइफले नेपाल पुनर्बीमा कम्पनीको नेपाल इन्स्योरेन्सको नाममा रहेको उक्त संस्थापक शेयर किनेको छ।

आज कुल बेचिएका नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरमध्ये १९ लाख ७९ हजार कित्ता नेपाल इन्स्योरेन्सले बेचेको हो। बाँकी विशाल ग्रुपको नाममा १० लाख ४२४ कित्ता शेयर बेचिएको स्रोतले जानकारी दिएको छ। ‘नेपाल इन्स्योरेन्सले बेचेको शेयरमध्ये १९ लाख ७९ हजार कित्ता भने हिमालयन लाइफले किनेको हो’, स्रोतले भन्यो।

यसैगरी ब्रोकर नं. ४ बाट बेचिएको विशाल ग्रुपको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर ब्रोकर नं. ४४ बाट एसियन लाइफ र ब्रोकर नं. ८ बाट पशुपति मुरारको सुप्रिम सिमेन्टले उठाएको पनि स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

22%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS