IME Life New

जब डोरीको सहायताले नेपाली सेनाको हवाई जहाजलाई उचालियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावन मार्गबाट बाहिरिएको हवाई जहाजलाई सुरक्षितरुपमा व्यवस्थापन गर्ने सम्बन्धमा बुधबार अभ्यास कार्य गरिएको छ। जहाजको ल्याण्डिङ गेयर धस्सिएर वा क्षति भएर जहाज धावन मार्गमा गुड्न नसक्ने भएको अवस्थामा जहाजलाई यथाशक्य छिटो उद्धार गर्नका लागि रिकभरी उपकरणको प्रयोगमार्फत् यस्तो अभ्यास गरिएको हो ।

विमानस्थलको ग्राउण्ड अपरेशन र रेस्क्यु टोलीले नेपाली सेनाको पुरानो जहाजलाई हालै खरिद गरिएको उपकरणको सहायतले उचालेर सारेका थिए ।

Esewa
Crest

यसअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग यस्तो उपकरणको अभावमा धावनमार्गको अवरोध हटाउन सकस हुँदै आएको थियो । युएस बाङ्गला एयरको जहाज दुर्घटना र टर्किस एयरको विमानमा प्राविधिक समस्याका कारण धावनमार्ग अवरुद्ध हुँदा घण्टाै‌ंसम्म हवाई उडान रद्ध गरिएको थियो । यो उपकरणको सहायताले यस्तो समस्या पूर्णरुपमा सम्बोधन गर्न नसकिए पनि साना जहाजलाई धावन मार्गबाट हटाउन उपयोगी हुने त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS