IME Life New

शेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार आएको छ।

नेप्से परिसूचक आज ३.३३ अंकले बढेर १८४१.०४ को विन्दुमा बन्द भएको छ। झिनो अंकले बढेको बजारमा आज कारोबार भने हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ।

Esewa
Crest

सामान्य बढेको बजारमा आज १२१ कम्पनीको शेयरभाउ बढेको छ। १०६ कम्पनीको शेयरभाउ घट्दा १३ वटाको स्थिर रहेको छ।

आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता शेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२.७८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

यस्तै दोस्रो उच्च कारोबारमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको पनि ७ करोड ३० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। विजय लघुवित्तको शेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

आज सिंगटी हाइड्रोका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९ प्रतिशतले बढीले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS