IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको पौने २० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो शेयर खरिदका लागि मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS