IME Life New

अन्तरबैंक र ट्रेजरीको ब्याजदर निकै तल, बैंक ब्याजदर पनि घट्ने संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले प्रयोग गर्ने ट्रेजरी बिलको ब्याजदर निकै घटेको छ। यद्यपि, बैंकहरुले सस्तैमा राष्ट्र बैंकलाई पैसा दिन बध्य भइरहेका छन्।

राष्ट्र बैंकले सोमबार ९१ दिने र ८१ दिने गरी कुल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ ट्रेजरी बिलको बोलकबोल गरेको थियो। बोलकबोलमा ९१ दिने ट्रेजरीको औसत ब्याजदर २.६२ प्रतिशत र ८१ दिनेको ३.२९ प्रतिशत कायम भएको छ। जुन अघिल्लो ट्रेजरी बिलको तुलनामा १ प्रतिशतको विन्दुले कम हो।

Esewa
Crest

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थुप्रिएको छ। कर्जा प्रवाहले गति लिन सकेको छैन। सामान्यतय बैंकहरुमा तरलता अधिक हुँदा ट्रेजरी बिलको ब्याजदर घट्ने र तरलता संकट हुँदा ब्याजदर बढ्ने गरेको छ।

गत वर्ष साउनमा ट्रेजरी बिल ब्याजदर झन्डै १४ प्रतिशतसम्म पुगेको थियो। त्यतिबेला बैंकिङ प्रणालीमा तरलता संकट थियो। निक्षेप तान्न बैंकहरुले ब्याजदर बढाएका थिए। त्यतिबेला बैंकहरुले ट्रेजरीको ब्याजदर बढाएपछि राष्ट्र बैंकले आफैँ ट्रेजरी खरिद गरेर हस्तक्षेप गरेको थियो। राष्ट्र बैंकले लगातार हस्तक्षेप गर्दै ट्रेजरीको ब्याजदर एकल विन्दुमा झार्न सफल भएको थियो।

राष्ट्र बैंकका एक अधिकारीले ट्रेजरी ब्याजदर घट्दा बैंकको ब्याजदर पनि घट्ने बताए। ‘ट्रेजरीको ब्याजदर निकै तल आएको छ। यसले आगामी दिनमा बैंकको ब्याजदर पनि घट्दै जाने संकेत गर्छ’, ती अधिकारीले भने।

अझै पनि बैंकहरुले सोचे जसरी कर्जा प्रवाह गर्न नसकिरहेकोले राष्ट्र बैंकले यही साताभित्र गर्ने चालु आर्थिक वर्षको प्रथम त्रैमासको मौद्रिक समीक्षामार्फत केही लचिलो व्यवस्था ल्याउन सक्ने पनि ती अधिकारीले जानकारी दिए।

उता अन्तरबैंक ब्याजदर पनि १.१४ प्रतिशतमा झरेको छ। यसले पनि बैंकहरुमा पैसा थुप्रिँदै गएको र आगामी दिनमा बैंक ब्याजदर घट्दै जाने सम्भावना रहेको ती अधिकारीले बताए।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५९ खर्ब ६० अर्ब रुपैयाँ र कुल कर्जा लगानी ४९ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ। बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८० प्रतिशतको लाइनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS