IME Life New

फेरि नयाँ स्तरमा सुनको भाउ, तोलाको १ लाख २१ हजार रुपैयाँ नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिकजसो नयाँ उचाइ चुमिरहेको छ।

आज सोमबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको हो। आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २१ हजार रुपैयाँ कायम भएको छ।

Esewa
Crest

आइतबार पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्म उच्च पनि थियो। आज यो रेकर्ड ब्रेक भएर पुनः नयाँ कीर्तिमान कायम भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ५४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ४५४ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो भाउ हालसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS