IME Life

फेरि नयाँ स्तरमा सुनको भाउ, तोलाको १ लाख २१ हजार रुपैयाँ नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिकजसो नयाँ उचाइ चुमिरहेको छ।

आज सोमबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको हो। आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २१ हजार रुपैयाँ कायम भएको छ।

Prabhu
Crest

आइतबार पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्म उच्च पनि थियो। आज यो रेकर्ड ब्रेक भएर पुनः नयाँ कीर्तिमान कायम भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ५४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ४५४ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो भाउ हालसम्मकै उच्च हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS