IME Life New

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको आइपीओमा आवेदन दिने आज मंसिर १८ गते अन्तिम दिन रहेको छ।

हिमालयन रिइन्स्योरेन्सले मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

Esewa
Crest

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। त्यसमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिएको छ।

सीडीएससीका अनुसार हिजो आइतबार साँझ ५ बजेसम्म २८ हजार ४७९ जनाले ७१ करोड ७४ लाख ७७ हजार ४०० रुपैयाँबराबरको ३४ लाख ८२ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा १.१६ गुणाले बढी हो।

यो आइपीओमा विदेशमा रहेका श्रमिकले १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ। लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कायाृलय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर र सी–आस्वामार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्रीपछि अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ। २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई, ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS