IME Life New

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा २४ हजार बढीको आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैदेशिक रोजगारीमा गएका नेपालीका लागि हिमालयन रि इन्स्योरेन्सले निष्कासन गरेको आइपीओमा शुक्रबार साँझसम्म २४ हजारले आवेदन दिएका छन्। सिडिएसका अनुसार आज मंसिर १५ गते साँझ ५ बजेसम्म २४ हजार १०३ जनाले ५० करोड ९४ लाख ३५ हजार ९४० रुपैयाँबराबरको २४ लाख ७२ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्।

कम्पनीले मंसिर ४ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता साधारण शेयरमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी २०६ रुपैयाँ अंकित दरमा ६ अर्ब १८ करोड रुपैयाँ साधारण शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो। सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको हो। २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई, ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Crest

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्रीपछि अब यसपछि सर्वसाधारणका लागि बिक्री मिति तय गर्नेछ। उक्त आइपीओमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था छ। उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १८ गते बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो। बोर्डले कार्तिक १ गते अनुमति दिएको हो।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले आवेदन दिँदा हिमालयन रिइन्स्योरेन्सको महाराजगञ्ज काठमाडौं, एनएमबि क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखा कायाृलय तथा सिडिएसीबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर र सी–आस्वामार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS