IME Life New

सर्वोत्तम सिमेन्टमा १० कित्ता लगानी गर्न नपाइने, ५० कित्ता भर्दा रु. १८ हजार चाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासनको अनुमति पाएको सर्वोत्तम सिमेन्टमा सर्वसाधारणले कम्तीमा १८ हजार रुपैयाँभन्दा बढीको खरिद आवेदन दिनुपर्ने भएको छ।

बुक बिल्डिङ निर्देशिका, २०७७ मा सर्वसाधारणका लागि निष्कासन हुने शेयरमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ। यही व्यवस्थाका कारण सर्वसाधारणले सर्वोत्तम सिमेन्टको आइपीओ खुलेपछि कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

Esewa
Crest

हालै सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई आइपीओ बिक्री खुला गरेको थियो। योग्य संस्थागत लगानीकर्ताबाट परेको बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको छ।

बुक बिल्डिङ निर्देशकाअनुसार योग्य संस्थागत लगानीकर्ता सयर बिक्री गर्दा कायम भएको कट अफ प्राइसमा १० प्रतिशत छुट दिएर कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नुपर्नेछ। जसअनुसार अब सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई ३६०.९० रुपैयाँमा शेयर बिक्री खुला गर्नेछ। यो हिसाबले सर्वसाधारणले ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई कुल ६० लाख कित्ताको ४० प्रतिशत अर्थात २४ लाख कित्ता बिक्री गरिसकेको छ। अब बाँकी ३६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%
happy

खुसी

19%
sad

दु :खी

13%
amazed

अचम्मित

19%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS