IME Life New

अन्तर्राष्ट्रिय माउन्टेन बाइकिब प्रतियोगिता हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्सको आयोजना हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिब प्रतियोगिता हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ । काठमाण्डौबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिब रन र रेस डे समावेश गरिने आज नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिबका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिब गन्तव्यका रुपमा चिाउने बताए । उनँले यो प्रतियोगिताले दालखालाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा थप परिचित बनाउने बताए ।

Esewa
Crest

त्यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।

कार्यक्रम आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले गन्तव्य दोलखालाई साहसिक गन्तव्य’का रूपमा घटनाक्रमको परिचय दिएर परिवर्तनको खोजीमा रहेको बताउँदै प्रतियोगितामा प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिब लिजेन्ड किलियन ब्रोन पनि सहभागी रहने जानकारी दिए । प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समुह, दोस्रोमा खुला वर्ग , तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरि वर्गिकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS