IME Life New

प्राधिकरणको चेतावनीपछि हिमालयन लाइफ इन्स्योरेन्सको बाल बीमालेखको बिक्री बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले बालबालिका सम्बन्धी जीवन बीमालेख बिक्री वितरण बन्द गरेको छ। कम्पनीले म‌ंगलबार शाखा उपशाखा कार्यालयहरूलाई परिपत्र जारी गर्दै बालबालिका सम्बन्धी दुबै बीमालेख बालबच्चा सावधिक जीवन बीमा र हिमालयन लाइफ स्वर्णिम जीवन बीमालेखको बिक्री वितरण बन्द गरिएको जानकारी गराइएको हो ।

बीमालेख निर्देशिका अनुसार बालबालिका सम्बन्धी जीवन बीमालेखको प्रावधानहरुमा स‌ंशाेधन सहित नयाँ बीमालेख तयार पार्न नसक्दा प्राधिकरणको निर्देशन पछि हिमालयन लाइफ इन्स्योरेन्सले बालबालिका सम्बन्धी बीमालेख बन्द गर्न बाध्य भएको हो । परिपत्रमा कम्पनीले नयाँ प्रावधान अनुसारको बालबालिका सम्बन्धी जीवन बीमालेख जारी गर्नका लागि अध्ययन भइरहेको जानकारी गराएको छ।

Esewa
Crest

नेपाली बीमा बजारमा जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने सामान्य सावधिक जीवन बीमालेख पछि बालबालिका सम्बन्धी जीवन बीमालेख दोश्राे सर्वाधिक बिक्री हुने सावधिक जीवन बीमालेख हो ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ मार्फत् बालबालिका सम्बन्धी बीमालेखको आधारभूत शर्तहरुमा परिमार्जन गरेपछि बीमकहरुलाई ६ महिनाभित्र परिमार्जित प्रावधान अनुसारको बीमालेख तयार पारेर बिक्री वितरण गर्न निर्देशन दिएको थियो । प्राधिकरणले निर्देशन दिएपनि ६ महिनासम्म अधिका‌ंश जीवन बीमकको प्रोडक्ट डेभलपमेण्ट विभागका जिम्मेवार अधिकारी र एक्चुअरीका साथै उच्च व्यवस्थापन समेत कानमा तेल हाले झै‌ं प्राधिकरणको निर्देशनलाई पूर्ण बेवास्ता गर्दै नयाँ बीमालेखको लागि कुनै तयारी नै गरेनन् ।

प्राधिकरणले असाेज २३ गते परिपत्र जारी गर्दै निर्देशिका २०७९ को प्रावधान अनुसार परिमार्जन नभएका बीमालेख बिक्री वितरण गर्न राेक लगाएपछि अधिका‌ंश बीमकले बालबालिकाकाे बीमालेख बिक्री गर्न पाएका छैनन् ।प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७८ को केही प्रावधानहरुमा परिमार्जन गर्दै २०७९ चैत्र १९ गतेदेखि लागू हुने गरी जीवन बीमालेख निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिकामा परिमार्जन गरिएका विषयहरुमध्ये बालबालिका सम्बन्धी जीवन बीमालेखका प्रावधानहरु समेत थिए । स‌ंशाेधित प्रावधान अनुसार जीवन बीमकले प्रचलनमा रहेका बाल जीवन बीमालेख परिमार्जन गरेर प्रचलनमा ल्याउनका लागी प्राधिकरणले ६ महिनाको मोहलत दिएको थियो ।

प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ जारी गरि सकेपछि प्रोडक्ट डिजाइनिङका लागि जिम्मेवार विभाग तथा कर्मचारीले निर्देशिकामा उल्लेखित प्रावधानहरुलाई सुक्ष्म ढंगबाट अध्ययन गर्न चुकेकाले पनि कार्यान्वयनमा समस्या देखिएको बताइएको छ। बालबालिका सम्बन्धी नयाँ प्रावधान अनुसारको बीमालेख तयार पार्न ढिलाई गरेका बीमकले एकजना मात्र बीमा‌ंकीको भरपर्दा समयमै नयाँ बीमालेख तयार पारेर प्राधिकरण समक्ष स्वीकृतीका लागि पेश गर्न ढिलाई भएको जिकीर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS