IME Life New

मौद्रिक समीक्षा यसै साताभित्र, शेयर कर्जाको सीमा हटाउने राष्ट्र बैंकको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा यही साता आउने सम्भावना रहेको छ। नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक समीक्षा ल्याउने तयारी गरिरहेको हो। ‘मौद्रिक नीतिको समीक्षा कात्तिक मसान्तसम्म ल्याउनैपर्ने थियो’, राष्ट्र बैंक स्रोत भन्छ, ‘तर, चाडपर्व परेको ल्याउन सकिएन। अब धेरै ढिलो भइसकेकोले यही साताभित्रै मौद्रिक समीक्षा आउन सक्छ।’

स्रोतका अनुसार मौद्रिक समीक्षाले पुँजीबजारका लागि सुखद् खबर ल्याउन सक्छ। ‘राष्ट्र बैंकले नीतिगत व्यवस्थाबाट पुँजीबजारलाई कस्ने कामै गर्न हुँदैन थियो’, स्रोतले भन्यो, ‘त्यसैले शेयर धितो कर्जामा राष्ट्र बैंकले तोकेको सीमा अब हटाउने सम्भावना छ। अब कुनै पनि सीमा लगाइने छैन।’

Esewa
Crest

राष्ट्र बैंकले सुरुमा शेयर धितो कर्जामा सीमा लगाउँदै ४–१२ करोड रुपैयाँ कायम गरेको थियो। त्यसपछि चौतर्फी दबाबपछि राष्ट्र बैंकले केही महिनाअघि शेयर धितो कर्जाको सीमामा परिमार्जन गर्दै व्यक्तिको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थाको हकमा २० करोड रुपैयाँ कायम गरेको थियो।

हाल बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको र ब्याजदर पनि धेरै घटिसकेकोले बैंकहरुलाई शेयर कर्जा प्रवाहमा सहज बनाउन राष्ट्र बैंक लचक बन्न लागेको स्रोतले बतायो। ‘त्यसैले सम्भवतः शेयर धितो कर्जामा सीमा हट्न सक्छ’, स्रोतले भन्यो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

2%
sad

दु :खी

8%
amazed

अचम्मित

14%
excited

उत्साहित

12%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS