IME Life New

बीमा प्राधिकरणले ३ महिनामा गर्यो ५४ वटा मुद्दाको फैसला, अझै २०६ वटा बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक २०८०/८१ को ३ महिना (असोजसम्ममा) ५४ वटा मुद्दाको फैसला तथा सहमति गरेको छ।प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म प्राधिकरणमा कुल २६० वटा मुद्दा परेका थिए। जसमा गत आर्थिक वर्ष २०७९/८०बाट १९२ वटा मुद्दा सरिआएका थिए भने चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ६७ वटा नयाँ मुद्दा परेको थियो भने एउटा पुनरावेदनबाट आएको थियो।

प्राधिकरणका अनुसार समीक्षा अवधिसम्म ४२ वटा म्द्दाको फैसला भएको छ भने १० वटा मुद्दाको सहमति भएको छ। २ वटा मुद्दा भने तामेलीमा रहेका छन्।यो अवधिसम्म २०६ वटा मुद्दाको भने फैसला हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ। गत आर्थिक वर्षमा प्राधिकरणले १४९ वटा मुद्दाको फैसला गरेको थियो। गत आर्थिक वर्षमा अघिल्लो वर्ष सरिआएको १८६ वटा र नयाँ १५५ वटा मुद्दा गरी ३४१ वटा मुद्दा रहेको थियो।

Esewa
Crest

प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ यता ६२२ वटा मुद्दाको फैसला गरेको छ। यो सवा ५ वर्षको अवधिमा भने प्राधिकरणमा ७४७ वटा नयाँ मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७४/७५बाट फर्छ्यौट हुन बाँकी ८३ वटा सरिआएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS