IME Life New

जीवन बीमालेखमा चुक्ता बीमालेख भनेको के हो ? जान्नुहोस् यी कुराहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्येक जीवन बीमालेखको मूल बीमालेखको पछाडीको पानामा सामान्य शर्तहरु उल्लेख गरिएका हुन्छन् । भविष्यमा यी शर्तहरुको अधिनमा रहेर बीमालेखसँग सम्बन्धित विभिन्न विषयहरु वा विवादहरुका सम्बन्धमा निर्णय लिने काम हुन्छ।

बीमालेखको सामान्य शर्तहरुमा चुक्ता मूल्य सम्बन्धमा पनि उल्लेख गरिएको हुन्छ। कुनै पनि सावधिक प्रकृतिका जीवन बीमालेखमा निश्चित अवधिसम्मको बीमाशुल्क भुक्तानी भइसकेपछि चुक्ता बीमालेखमा परिणत गर्न योग्य हुन्छ। पुरा दुई वर्षको बीमाशुल्क भुक्तानी भइसकेको बीमालेखको कुनै बीमाशुल्क मोहलत अवधिको अन्त्यसम्ममा भुक्तानी नभएर बक्याैता रहेमा त्यस्तो बीमालेख चुक्ता बीमालेखमा स्वतः परिणत हुनजान्छ। चुक्ता बीमालेखको बीमाङ्क बीमा प्राधिकरणले स्वीकृत गरेको गणना विधि अनुसार नै बीमकले निर्धारण गर्छन् । जीवन बीमा कम्पनीले यस्तो चुक्ता बीमालेखको बीमाङ्क रकम बीमालेखको अवधिभित्र बीमित जीवित रहेमा बीमालेख परिपक्व हुने मितिमा वा बीमितको मृत्यु भएमा बीमितको कानूनी हकवालालाई भुक्तानी गरिदिन्छ।

Esewa
Crest

बीमालेखको चुक्ता मूल्य प्राप्तीका लागि भुक्तानी गर्नुपर्ने न्यूनत्तम बीमाशुल्क किस्ताबारे पनि सामान्य शर्तमा उल्लेख गरिएको हुन्छ। कुनै पनि सावधिक प्रकृतीको जीवन बीमालेख चुक्ता बीमालेखमा परिणत हुनका लागि कम्तीमा २ वार्षिक किस्ता रकम भुक्तानी गर्नुपर्ने शर्त बीमालेखमा नै उल्लेख गरिएको हुन्छ । बीमाशुल्कको बाँकी किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भयो भने बीमितले निवेदन दिएको अवस्थामा वा नदिए पनि बीमकले स्वतः बीमालेखलाई चुक्ता बीमालेखमा परिणत गरिदिन्छन् । चुक्ता बीमालेखमा परिणत गर्दा बीमाशुल्क भुक्तानी रकमको आधारमा बीमकले नयाँ बीमा‌ंक रकम निर्धारण गरिदिन्छ। यस्तो बीमा‌ंक रकम मूल बीमालेखको बीमा‌ंकभन्दा थोरै हुन्छ। एक पटक कुनै जीवन चुक्ता बीमालेखमा परिणत भइसकेपछि बीमितले बाँकी अवधिको किस्ता भुक्तानी गर्नुपर्दैन । बीमा अवधि पुरा भएपछि बीमकले घट्न गएको बीमा‌ंक रकम भुक्तानी गरिदिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS