IME Life New

मधेश प्रदेशमा प्राधिकरणको अनुगमन, गोदामजस्ता कार्यालय, प्लास्टिकको कुर्सीमा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशका जिल्लाहरुमा स्थलगत अनुगमन गरेको छ। प्राधिकरणको निर्देशक दिनेश लाल कर्ण नेतृत्वको टोलीले प्रदेशको धनुषाको जनकपुर र महोत्तरीको बर्दिबास अन्तर्गत रहेका बीमा कम्पनीको प्रदेश, शाखा र उपशाखा कार्यालयहरूमा अनुगमन गरेको हो ।

अनुगमन टोलीमा दिनेश लाल कर्ण, सहायक निर्देशक रोशन महासेठ र भूमा आचार्य रहेका थिए । अनुगमनका क्रममा प्राधिकरणको टोलीले बीमकको शाखा कार्यालय सञ्चालन मापदण्ड २०७९ को पालना भए नभएको बारे चासो राखेको थियो ।

Esewa
Crest

टोलीले कमजोर पूर्वाधार र न्यून जनशक्तिको भरमा कार्यालयहरु सञ्चालन भइरहेको फेला पारेको छ। प्राधिकरणका अनुसार शाखा कार्यालयका कर्मचारीहरु प्लाष्टिकको कुर्सीमा बसेर कष्टकर ढ‌ंगबाट सेवा प्रवाह गर्न बाध्य बनाइएका छन् । अधिका‌ंश बीमकको कार्यालयमा सेवाग्राहीका लागि सफा सुग्घर शाैचालय, पिउने पानीको सुविधा छैन । केही बीमकको शाखा कार्यालयमा सेवाग्राहीका लागि बस्ने कुर्सीको समेत व्यवस्था नभएको अवस्था देखेपछि प्राधिकरणको टोली असन्तुष्ट बनेको छ।

केही बीमकको शाखा उपशाखा कार्यालयहरु सञ्चालन रहेको कोठा साँघुरो, पर्याप्त उज्यालो र हावा छिर्ने कोठा समेत नभएको गोदाम जस्तो अवस्थामा छ। कर्मचारीहरू कार्यालयमा उपस्थित भए नभएको यकीन गर्न र अनुगमन गर्नका लागि हाजिर मेशिन समेत जडान गर्न सकेका छैनन् ।

शाखा प्रमुखहरुलाई अधिकार प्रत्यायोजनको अवस्था पनि दयनीय छ । कर्मचारीले साना दाबी फर्छ्याैटको अधिकार समेत पाएका छैनन् । प्रादेशिक कार्यालय समेतलाई आर्थिक र प्रशासनिक अधिकार प्रत्यायोजन गरिएको छैन । प्राधिकरणले काठमाडाै‌ंमा आयोजना गर्ने अन्तरकृयाहरुमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पूर्वाधार, जनशक्ति र तालिमका लागि प्रतिबद्धता जनाए पनि व्यवहारमा अझैसम्म कार्यान्वयनमा नआएको प्राधिकरण नेतृत्वको निष्कर्ष छ।

अन्तरकृयाका क्रममा बीमा कम्पनीका कर्मचारीले तालिमको खाँचो‌ औ‌ंल्याएका छन। त्यो विषय हामीले पनि अनुभव गर्याै‌, चाँडै नै छलफल गरेर केही विशेष निर्देशन जारी गर्नुपर्ने देखिन्छ। बीमकका कर्मचारीले बीमा कम्पनीको उत्पादन बजारीकरणका सम्बन्धमा बीमकको तर्फबाट र नियामकीय प्रावधानका सम्बन्धमा बीमा प्राधिकरणको तर्फबाट तालिम सञ्चालनका लागि सुझाव दिएका छन् ।

एकाध बाहेक प्रायः कम्पनीका कार्यालयहरुमा पूर्वाधार एकदमै कमजोर छ, छेउकै बैंकको पूर्वाधार हेर्दा बीमा कम्पनीको अवस्था दयनीय देखिन्छ, निर्देशक कर्णले भने, सुधार गर्नुपर्ने धेरै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

83%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS