IME Life
GBIME

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै, लक्ष्मी पूजा पनि आजै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाईंदैछ । इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रुपमा समेत परिचित कुकुरलाई मिष्ठान्न, खानेकुरा सहित फूलमाला र टीकाले पूजा गरिन्छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।यसैबीच, आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाईंदैछ । तिथि घटबढका कारण आज एकै दिन नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा दीपमालिका परेकाले बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको हो ।

Crest

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, कौसी, भर्‍याङ्ग लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS