काठमाडौं । आज तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । हिजो सामान्य बढेको बजारमा आज भने ११ दशलमव ८५ अंकले घटेर १,८५२ दशलमव ०८ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९६ प्रतिशतका दरले कमाएका हुन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् । नेपाल एसबिआर्य बैंकका लगानकिर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।