IME Life New
GBIME

नेपाल पुनर्बीमाको लिलामी शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता लिलामी शेयरमा खरिद आवेदन दिने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।कम्पनीले कात्तिक १६ गतेबाट ५ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो । कम्पनीले विशाल ग्रुपको नाममा रहेको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

Crest

ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS