IME Life New

भारतमा लघु बीमाकाे बिस्तारका लागी माेबाइल एप्सकाे प्रयाेग, के नेपालमा संभव छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा लघु बीमा कम्पनीहरुले अभिकर्ता उत्पादनका लागी गाउँ गाउँमा तालिम सञ्चालन गर्न खर्चका कारण टाउको कन्याउनु परिरहेका बेला छिमेकी मुलुक भारतमा लघु बीमा तालिमका लागी मोबाइल एप्स प्रयोगमा ल्याइएको छ ।

यातायात सुविधा र भौगोलिक दृष्टीकोणले दुर्गम मानिएको ग्रामीण भेगमा लघु बीमाको पहुँच बिस्तार गर्नका लागी विकास गरिएको इन्सुरसाथी नामक मोबाइल एप्सले लघु बीमा सम्बन्धमा सहज र सरल तरिकाले परिक्षार्थीलाई जानकारी दिई रहेको छ । लघु बीमा अभिकर्ता भएर काम गर्न चाहने व्यक्ति वा लघु बीमा गराउन चाहने सर्वसाधारण दुबैका लागी यो एप्स उपयोगी मानिएको छ।

Esewa
Crest

बीमाको प्रवद्र्धन र बिक्री वितरणका लागी अभिकर्ताको भूमिकालाई उपेक्षा गर्न संभव नभएकाले इन्सुरसाथीले लघु बीमा प्रशिक्षणका लागी आवश्यक दस्तावेज, श्रव्य र श्रव्यदृश्य सहितको सामाग्री अनलाइन उपलब्ध गराएको छ ।

मोबाइलमा यो एप्स डाउन लोड गरि सकेपछि आफूले ईच्छ्याएको बीमा कम्पनी चयन गरेर ईच्छुक व्यक्तिले अनलाइन तालिममा सहभागीता जनाउन सक्नेछ ।

तालिममा सहभागीता जनाएपछि आवश्यक तालिम पुरा गर्ने प्रयोगकर्तालाई बीमकले अभिकर्ता इजाजत पत्र वितरण गर्छ । इजाजत पत्र प्राप्त गरि सकेपछि सम्बन्धित बीमकको बीमालेखहरु सोही एप्समार्फत् बिक्री गर्नका लागी अभिकर्तालाई प्राविधिकरुपमा सक्षम बनाइन्छ । र अभिकर्ताले बीमालेखको प्रस्ताव फारम भरेर मोबाइल एप्समार्फत् नै बीमकलाई उपलब्ध गराउँछ । बीमकले जोखिमांकनको आवश्यक पुरा गरि सकेपछि एप्समार्फत् नै डिजिटल स्वरुपमा बीमालेख उपलब्ध गराई दिन्छ ।

के नेपालमा पनि छ यो सुविधा:

लगभग यस्तै प्रकृतिको प्रविधिक नेपालमा एनसेल एजियाटाले पनि मोबाइल सिमकार्डको बिक्री वितरणका लागी प्रयोग गरिरहेको छ । मोबाइल सेवाको पहुँच भएको जुनसुकै ठाउँका पसलेले मोबाइल एप्समार्फत् नै नयाँ सिमकार्डका लागी आवेदन फारम भर्ने, ग्राहकको फोटो खिच्ने, औंठा छाप संकलन गर्ने, नागरिकता वा पासपोर्टको फोटो खिचेर एप्समा प्रविष्ट गर्ने प्रकृया पुरा गरेपछि मोबाइल सिमकार्ड बिक्री गर्न सक्छन् । यसरी एप्समार्फत् उपलब्ध गराइएको विवरण एकपटक परिक्षण गरिसकेपछि सिमकार्ड वितरण गरेको पाँच मिनेटमै सिम सकृय हुने गरेको छ।

एनसेलले तीन वर्ष अघि नै निजी क्षेत्रका बीमा कम्पनी र बिक्री वितरणसँग सम्बन्धित कम्पनीहरुका लागी यो सेवाको घोषणा गरेपनि अझैसम्म पनि यसको प्रयोग अपेक्षितरुपमा हुन सकेको छैन । लघु बीमकहरुले परम्परागतरुपमा अभिकर्ता खोज्दै तालिम दिंदै गरेर खर्च भार बढाउनुभन्दा यस्तै प्रविधि अपनाउन सके प्रभावकारी, समय र खर्च दुबैको बचत गर्न सहयोगी हुनसक्छ ।

२०७८ सालकाे जनगणनाकाे क्रममा नेपालमा रहेकाे माेबाइल प्रयाेगकर्तामध्ये ७३ प्रतिशतले स्मार्ट माेबाइल फाेनकाे प्रयाेग गरिरहेका छन् । प्रविधिकाे प्रयाेगमार्फत् सेवा विस्तार गर्न चाहनेका लागी याे एकदमै उत्साहजनक सूचक हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS