IME Life New

फेडेरलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न, संचालकमा शर्मा निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आश्विन २५ गते कम्पनीको रजिष्र्टड कार्यालय नक्साल ०१, काठमाण्डौं, नेपालमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मा बाँकी कार्यकालका लागि नियुक्त भएकी छिन् । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित भएको छ । यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा

Esewa
Crest

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ । उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

फेडेरल विश्वकै प्रतिष्ठीत United Registrar of Systems (URS), United Kingdom बाट ISO 9001:2015 गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्ठी गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS