IME Life New

भारतीय रेलवे निर्माण कम्पनीले पायाे मुक्तिनाथ केबल कारकाे ठेक्का, ४ वर्षमा काम सक्ने सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कास्कीकाे बिरेठाँटी देखि मुक्तिनाथसम्म जाेड्ने केबलकार निर्माणका लागी भारतीय इन्जिनियरिङ कम्पनी के एण्ड आर रेल इन्जिनियरिङले जिम्मा पाएकाे छ। लगानीकर्ता मुक्तिनाथ दर्शन प्रालिले केबल कारकाे पूर्वाधार निर्माणका लागी ८८ कराेड रुपैयाँमा ठेक्का लगाउने  सम्झाैता पत्रमा गत साता हस्ताक्षर गरेकाे हाे।

के एण्ड आर रेल इन्जिनियरिङ सिमेण्ट उद्याेग, सुख्खा बन्दरगाह र रेल सेवाका लागी रेलवे लाइनकाे निर्माण गर्ने इन्जिनियरिङ कम्पनी हाे । याे कम्पनीसँग केबल कार निर्माणकाे अनुभव छैन । यसले विद्युतीय उर्जाबाट चल्ने रेलका लागी विद्युत प्रशारण लाइन निर्माणकाे काम मात्र गरेकाे छ।

Esewa
Crest

मुक्तिनाथ दर्शन प्रालिले के एण्ड आरलाई ८४.३२ किमी लामाे केबलकार निर्माणकाे जिम्मा दिएकाे छ। के एण्ड आरले काम शुरु गरेकाे ४८ महिनाभित्र पूर्वाधार निर्माण गरिसक्ने सहमति भएकाे छ। मुक्तिनाथ दर्शन प्रालिले ३५ अर्ब रुपैयाँ लगानीमा ८६ दशमलव ६५ किलाेमिटर लामाे केबल कार निर्माणका लागी नेपाल लगानी बाेर्डसँग लगानी सम्बन्धी सम्झाैता गरेकाे थियाे। शुरुमा ३५ कराेड अमेरिकी डलर लाग्ने अनुमान गरिए पनि परियाेजना निर्माणमा ढिलाईसँगै लागत बढेर ५५ कराेड अमेरिकी डलर लाग्ने अनुमान गरिएकाे छ।

२०७५ सालमै लगानी सम्बन्धी सम्झाैता भएपनि वन मन्त्रालयबाट केबल कार निर्माणका लागी वन क्षेत्रकाे जग्गामा टावर, केबल लाइन र स्टेशन निर्माणकाे स्वीकृती नदिंदा अझैसम्म निर्माणकाे काम शुरु हुन सकेकाे छैन ।

के एण्ड आर रेल इन्जिनियरिङ लिमिटेडले ८४.३२ किलोमिटर केबल कार निर्माण गर्नेछ। याे विश्वकै विश्वको सबैभन्दा लामो प्रस्तावित यात्रुबाहक केबलकार लाइन हाे । केएण्डआर रेल इन्जिनियरिङका अध्यक्ष कालराले प्रस्तावित केबल कार आयोजनामा नौ अनिवार्य यात्रु चढ्ने र ओराल्ने, आठ ऐच्छिक र तीनवटा प्राविधिक स्टेशनसहित २० वटा स्टेशन निर्माण गर्ने सम्झाैता भएकाे भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

समुद्री सतहदेखि १,०१२ मिटरको उचाइबाट शुरु हुने केबलकारले आफ्नो मार्गमा २.६४ किलोमिटरको उचाइ लि‌ंदै ३,६५२ मिटरसम्म पुग्छ। याे केबलकारमा यात्राका लागी ४ घण्टा २० मिनेटकाे समय लाग्ने अनुमान गरिएकाे छ।

कास्कीको सेराबेसीको शान्त गाउँबाट सुरु भएर उलेरी, बुकु जस्ता रमणीय हिमालहरू र तातोपानीकाे मनमोहक दृश्य, गोदेपानी, नारच्याङ र रुपसे झरना, लेटेको पहाडी सहरको खोजी गर्दै मुस्ताङ जिल्ला सम्म जाेड्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS