IME Life New

क्रेडिट रेटिङ एजेन्सीकाे स्वार्थ बाझिने काम, ठगिंदै सर्वसाधारण लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वार्थ बाझिने गरी विशाल ग्रुप अन्तर्गतकाे घाेराही सिमेण्टकाे क्रेडिट रेटिङ गरेकाे प्रमाणित भएपछि धिताेपत्र बाेर्डले चाैतर्फी दबाबका कारण रेटिङ एजेन्सी केयर रेटिङ नेपाल विरुद्ध सामान्य जरिवानासहितकाे कारवाही गर्याे । कानून विपरित गरिएकाे रेटिङलाई धिताेपत्र बाेर्डले लालमाेहर लगाएर शेयर निष्काशनकाे स्वीकृतिलाई निरन्तरता नै दियाे । कमजाेर वित्तीय अवस्था भएकाे घाेराही सिमेण्ट उद्याेगकाे वास्तविक वित्तीय अवस्था चित्रण नगरेर प्रिमियम मूल्यमा सर्वसाधारणलाई शेयर भिडाइएकाे विषय अझै पनि विवादास्पद छ।

याे कारवाहीकाे प्रकरण सेलाउन नपाउँदै विशाल समूहकाे व्यवसायीक साझेदार र पारिवारिक नातेदार समेत रहेकाे त्रिवेणी समूह अन्तर्गतकाे टिजी अटोग्रुप प्रा‍लिकाे बै‌ंक कर्जा प्रयाेजनका लागि क्रेडिट रेटिङ पुनः केयर रेटिङ्गस नेपालले गरेकाे छ। वीरग‌ंजमा राेयल इण्फिल्ड माेटरसाइकल एसेम्बल गर्ने प्लाण्ट सञ्चालन गरिरहेकाे टिजी अटाे ग्रुप प्रालिले ७० कराेड रुपैयाँ बै‌ंक कर्जा प्रयाेजनका लागि केयर रेटिङ्गसमार्फत् वित्तीय सबलताकाे मूल्या‌ंकन गराएकाे हाे । एमभि दुगड ग्रुपबाट खाेसेर त्रिवेणी समूहलाई राेयल इन्फिल्ड माेटरसाइकलकाे अधिकृत बिक्रेताकाे इजाजत दिलाउनमा विशाल ग्रुपकाे सकृय भूमीका रहेकाे चर्चा अझै पनि बजारमा छ। विशाल ग्रुप आफैले भने सुजुकी ब्राण्डकाे माेटर साइकल आयात, एसेम्बलिङ र बिक्री गरिरहेकाे छ।

Esewa
Crest

केयर रेटिङ्गस नेपालमा विशाल ग्रुपकाे १९ प्रतिशतभन्दा बढी साेझाे लगानी छ। त्रिवेणी समूहसँग विशाल ग्रुपकाे घाेराही सिमेण्ट र जलविद्युत कम्पनीमा सिधा साझेदारी छ । यसैले त्रिवेणी ग्रुप अन्तर्गतकाे टिजी अटाेग्रुप प्रालिकाे क्रेडिट रेटिङ गर्दा केयर रेटिङ्गस नेपालकाे व्यवस्थापन र कर्मचारीहरु विशाल ग्रुपकाे प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक रेटिङ्ग गरेका छन् भन्ने बारे जाेकाेहीलाई पनि पत्यार नलाग्नु स्वाभाविक हाे ।

अर्काे तर्फ श‌ंकर ग्रुपकाे प्रभाव रहेकाे भनिएकाे इन्फाेमेरिक्स रेटिङ्गस नेपालले पनि श‌ंकर ग्रुप अन्तर्गतकाे संस्थाहरूकाे धमाधम क्रेडिट रेटिङ गरिरहेकाे छ। पहिले बै‌ंक ऋणका लागि क्रेडिट रेटिङ गरेकाेमा अहिले प्रिमियम मूल्यमा शेयर जारी गर्ने उद्देश्यका साथ क्रेडिट रेटिङ गरिएकाे छ। हिमालखबरकाे अनलाइन संस्करणले २८ साउन २०७९ मा छद्मरूपमा इन्फाेमेरिक्स रेटिङ्गसमा श‌ंकर समूहकाे लगानी रहेकाे समाचार प्रकाशन गरेकाे थियाे । समाचारमा शंकर ग्रुपका प्रवर्द्धककाे साेझाे लगानी नभएपनि व्यवसायीक साझेदार र वित्तीय स्वार्थ र पारिवारिक नातागाेतामार्फत् श‌ंकर ग्रुपले इन्फाेमेरिक्समा लगानी गरेकाे उल्लेख गरेकाे छ।

विशाल ग्रुपले प्रत्यक्ष देखिने गरी क्रेडिट रेटिङमा लगानी गरेकाे हेक्का राखेकाे श‌ंकर समूहले संभावित आलाेचना र कानूनी कारवाहीकाे जाेखिम छल्न अप्रत्यक्ष लगानी गरेकाे छ। सेवा शुरु गरेलगत्तै इन्फाेमेरिक्सले नक्सालमा पाँच तारे हाेटल निर्माण गरिरहेकाे शंकर समूहकाे जगदम्बा हस्पिटालिटी प्रालिकाे रेटिङ सार्वजनिक गरेकाे थियाे । यद्दपी श‌ंकर ग्रुपले इन्फाेमेरिक्समा आफ्नाे स्वार्थ वा लगानी रहेकाे दाबीलाई अस्वीकृत गर्दै आएकाे छ। क्रेडिट रेटिङ नियमावलीले क्रेडिट रेटिङ्ग एजेन्सीले आफ्नाे वा आफ्नाे स‌ंस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नाे मुख्य स‌ंस्था वा सहायक संस्थाहरूकाे क्रेडिट रेटिङ गर्न राेक लगाएकाे छ।

क्रेडिट रेटिङ सम्बन्धी सेवा प्रदायक तेस्रो इक्रा नेपाल हालसम्म रेटिङ सम्बन्धी विवादबाट मुक्त रहेकाे देखिन्छ।

धिताेपत्र नियमावलीमा  “क्रेडिट रेटिङ्ग” भन्नाले  निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने लगायत तत् सम्बन्धी प्रकृया समेत सम्झनुपर्छ भन्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS