IME Life New

नेपाल पुनर्बीमा कम्पनीले विशाल ग्रुपको ५ लाख कित्ता शेयर फेरी राख्यो विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५ लाख कित्ता संस्थापक शेयर आज असोज १८ गतेबाट बिक्रीमा ल्याएको छ । यस अघि असोज ८ गते कम्पनीले उक्त ग्रुपको १० लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको थियो । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुको साथ अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनत मूल्य प्रतिकित्ता २८५ रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

Esewa
Crest

खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा पेश गर्नुपर्नेछ। उक्त शेयरमा असोज २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS