IME Life New

घाटाकाे बजेट कार्यान्वयनका लागि धमाधम ऋण लिंदै सरकार,प्रति व्यक्ति ऋणभार रू ७९ हजार नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लिएकाे सार्वजनिक ऋणकाे भारका कारण प्रति नेपाली नागरिककाे टाउकाेमा प्रति व्यक्ति ऋण दायीत्व ७९ हजार रुपैयाँ नाघेकाे छ। नेपालकाे कूल सार्वजनिक ऋण रकमकाे साँवा र ब्याज भारलाई कूल जनस‌ंख्याकाे आधारमा गणना गर्दा प्रति व्यक्ति ऋण दायीत्ववापत याे हिसाब निकालिएकाे हाे ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेकाे २०८० भदाै महिनाकाे सार्वजनिक ऋण सम्बन्धी स‌ंक्षिप्त विवरण अनुसार कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रूपैयाँ पुगेको छ। याे मध्ये बाह्य ऋण मात्र ११ खर्ब ६९ अर्ब ३३ करोड रहेकाे छ। याे रकमकाे आधारमा राष्ट्रिय जनस‌ंख्यासँग तुलना गर्दा प्रति व्यक्ति ऋण भार ७९ हजार २ सय रुपैयाँ हुनजान्छ।

Esewa
Crest

सरकारले विदेशी दातृ निकायसँग विभिन्न परियाेजना, विकास निर्माण लगायतकाे कामका लागी सशर्त र निःशर्त ऋण लिने गरेकाे छ। यसबाहेक ऋण पत्र जारी गरेर सर्वसाधारण, बैंक वित्तीय संस्थाहरूबाट समेत नेपाल राष्ट्र बैंक मार्फत् आन्तरिक ऋण उठाउँदै आएकाे छ।

सार्वजनिक ऋणकाे अवस्था। तथ्यांक श्राेतःसार्वजनिक ऋण व्यवस्थापन कार्यालय

गत आर्थिक वर्ष २०७९।८० सम्म २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रहेकाे ऋण दायीत्व भदाै महिनासम्म आइपुग्दा १० अर्ब ५१ कराेड रुपैयाँले वृद्धि भएकाे छ।  कुल गार्हस्थ्य उत्पादनकाे दाँजाेमा कुल राष्ट्रिय ऋण दायीत्व ४३ प्रतिशत बराबर पुगेको छ। नेपालकाे कुल गार्हस्थ उत्पादनकाे  आकार ५३ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ बराबर छ।

यसैगरीकार्यालयले प्रकाशन गरेको नेपाल सरकारको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९।८० मा दुई खर्ब ८६ अर्ब पाँच करोड ६० लाख रुपैयाँ बराबर ऋण भार थपिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८०।८१ मा दुई खर्ब ४० अर्ब आन्तरिक ऋण सहित दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने लक्ष्य राखेकाे छ। सरकारकाे राजश्व आम्दानीले सरकारकाे बजेट खर्च धान्न सक्ने अवस्था नभए पछि सार्वजनिक ऋण उठाएर खर्च वा लगानी गर्नुपर्ने अवस्था आइपर्छ ।यसरी ऋण लिएर बजेटका कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने अवस्थालाई घाटाकाे बजेट भएकाे अवस्थालाई जनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS