IME Life New

सोनामले ल्यायो यसपालिको चाड, सोनामको साथ छुट योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले असोज ११ गतेदेखि असोज २७ गतेसम्म यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यस अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ ।विशेष छुट सबै आउटलेटमा लागू गरिएको पनि कम्पनीले जनाएको छ ।सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

Esewa
Crest

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोकमा सोरुम रहेका छन् ।

त्यसैगरी, उपत्यकाबाहिर चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतमा कम्पनीका सोरुम छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS