IME Life New

सिम्ता गाउँपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले असोज ७ गते सिम्ता गाउँपालिका सुर्खेतमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरण कर्णाली प्रदेश कार्यालयले यस प्रदेशमा बीमाको विकास तथा पहुँच विस्तारको उद्देश्यले स्थानिय सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ । सोही क्रममा यस गाँउपालिकासँग उक्त कार्यक्रम आयोजना गरेको हो ।

सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले स्थानिय तहमा रहेका विपद् जोखिम व्यवस्थापनमा बीमा महत्वपूर्ण रहेको बताए ।

Esewa
Crest

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा शर्मा (रेग्मी), प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालकाका कर्मचारीहरु, प्रहरी प्रतिनिधिहरु, कृषकहरु लगायक करिब ७० जनाको उपस्थिती रहेको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख उपनिर्देशक पदम प्रसाद सोडारीले बीमाको परिचय, महत्व र बीमाको विकासमा स्थानिय सरकारको भूमिका बारेमा संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त छलफलका क्रमम सहभागीहरुले कृषि बीमामा रहेको समस्याहरु तथा कृषि बीमा गर्न खोज्दा कम्पनीहरुको उपलब्धता नभएको गुनासो गरेका थिए। यसैगरी घरबीमा, जीवन बीमा, बैङ्कहरुले ऋण दिदा गर्ने बीमा लगायतका प्रश्नहरु सहभागीले गरेका थिए।

छलफल पश्चात् शुभकामना मन्तव्य दिदै अध्यक्ष चन्दले बीमा विपद् जोखिम व्यवस्थापनको लागि स्थानीय सरकारले अवलम्बन नगरी नहुने बिषय बताउनुभएको थियो। गाउँपालिकाले पनि कृषि तथा पशुपन्छि बीमा गर्नका लागि आम जनतालाई सुसुचित गर्दै आएको बताउदै आगामी दिनमा यस पालिकाभित्र रहेका नागरिकको सम्पत्तिको सुरक्षाको निमित्त नेपाल बीमा प्राधिकरणसँग समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख तथा उपनिर्देशक पदमप्रसाद सोडारीले गरेका थिए भने कार्यक्रम संचालन सहायक निर्देशक विनोद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS