IME Life New

भारतमा नियामकले नै ल्याउँदै वेब एग्रिगेटर, एउटै पाेर्टलबाट बीमासम्बन्धी सबै सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारतीय बीमा प्राधिकरण आइआरडिएआइले आफ्नो महत्वाकांक्षी अनलाइन मञ्च, बीमा सुगमको विकासको लागि सर्वोच्च निर्णय गर्ने निकायको रूपमा कार्य गर्न एक सञ्चालक समितिकाे गठन गरेको छ। याे अनलाइन मञ्च(विद्युतीय माध्यमबाट बीमालेख सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने वेबसाइट) जुन २०२४ बाट सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ।

नियामक, जसले प्रस्तावित पोर्टललाई बीमा क्षेत्रको लागि ‘खेल-परिवर्तक’ काे रुपमा वर्णन गरेकाे, यसले चाँडै एक परियोजना परामर्शदाता नियुक्त गर्नका लागी प्रस्ताव समेत आह्वान गरिसकेकाे हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

Esewa
Crest

बीमा सुगम सर्वसाधारणकाे बीमा सम्बन्धी आवश्यकताको लागि ‘एकल बिन्दु गन्तव्य’ हुने आइआरडिएआइले विश्वास व्यक्त गरेकाे छ । यसमा बीमालेखको खरिद, पुरक करार थप्ने सुविधा, बीमालेख सम्बन्धी सबै दस्तावेजहरुकाे भण्डारण, दाबी भुक्तानी जस्ता सेवाहरू समावेश छन्। पोर्टलले केन्द्रीकृत डाटाबेसको रूपमा काम गर्नेछ । कभरेज र मूल्य निर्धारणमा आधारित भएर बीमालेखहरू खरिद गर्ने निर्णय लिनका लागी पाेर्टलले सहयाेग पुर्याउनेछ। सर्वसाधारणलाई सहजरुपम बीमालेख छनौट गर्न र सबै बीमालेखहरूकाे विवरण एकै ठाउँमा हेर्नको लागि विकल्प उपलब्ध गराउनेछ ।  याे पाेर्टल सञ्चालनमा ल्याउनुकाे अर्काे मुख्य उद्देश्य चाहिँ यसले बीमा अभिकर्ता र बिचौलियालाई भुक्तानी गरिने कमिशनकाे भार पनि कटाैती गर्नेछ ।

बीमा सुगम मार्फत खरिदकर्ताले सिधै जीवन, मोटर वा स्वास्थ्य बीमालेखहरू खरिद गर्न सक्नेछन्। वेब एग्रिगेटर, ब्रोकर, बैंक र बीमा अभिकर्ताले पनि पाेर्टलमार्फत् बीमालेखहरु बिक्री गर्न सहजकर्ताकाे भूमिका निर्वाह गर्नेछन् ।

याे पाेर्टलकाे प्रयाेगका लागी बीमा कम्पनीले बीमितलाई ई खाता उपलब्ध गराउनेछन् । जीवन र निर्जीवन जुनसुकै कम्पनीमा बीमा गरेपनि बीमितले पाेर्टलकाे माध्यमबाट एकै ठाउँमा आफ्नाे बीमा सम्बन्धी सम्पूर्ण बीमाबारे जानकारी पाउनेछन् । यसैगरी अनलाइन पाेर्टलबाटै बीमितले बीमा दाबी भुक्तानी माग्ने र प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध हुनेछ। स्वास्थ्य बीमा अन्तर्गतकाे सुविधा लिएका बीमितले अस्पतालहरुमा नगद भुक्तानी गर्नुपर्ने झण्झट हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS