IME Life New

प्राधिकरण अध्यक्षले बैंकास्योरेन्स ब्युँताउने भनेपछि विराेधमा उत्रियाे अभिकर्ता संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाकाे पहुँच बिस्तारका लागी पुनः बैंकास्योरेन्स सेवा शुरू गर्ने प्रसङ ल्याए लगत्तै बीमा क्षेत्रमा पुनः हलचल मच्चिएकाे छ। प्राधिकरण अध्यक्ष सिलवालले गत साता शुक्रबार मेट लाइफ नेपालले आयाेजना गरेकाे सार्वजनिक कार्यक्रममा नेपालमा पुनः बैंकास्योरेन्स सेवा शुरू गर्न सकिने बताएका थिए ।

अध्यक्ष सिलवालकाे यस्ताे अभिव्यक्ति सार्वजनिक भए लगत्तै मंगलबार पेशागत बीमा अभिकर्ता संघले प्राधिकरणमा ज्ञापन पत्र दिंदै बैंकास्योरेन्स सेवा नब्युताउन अनुराेध गरेकाे छ। नेपालमा बैंकास्योरेन्स सेवामा विकृती देखिएका कारण बन्द गरिएकाे र बैंकास्योरेन्स सेवाले बैंकका ग्राहक झन् पीडित हुने भएकाले याे सेवा पुनः शुरु नगर्न स‌ंघले अनुराेध गरेकाे हाे ।

Esewa
Crest

संघका महासचिव ओम केसीले बैंकास्योरेन्समा बैंकमार्फत् बीमितले स्वेच्छाले भन्दा पनि करकापले बीमा गर्ने भएकाले विकृती देखिएकाे हुँदा याे सेवा पुनः नब्युताउन बीमा नियामकसँग अनुराेध गरिएकाे जानकारी दिए। स‌ंघले प्राधिकरणमा पेश गरेकाे ध्यानाकर्षण पत्रमा सर्वसाधारणकाे मिहिनेतकाे कमाई बै‌ंकमा जम्मा गर्दा बैंक कर्मचारीले हलाे अड्काउने गाेरू पड्काउने प्रवृत्ती बाेकेर ग्राहकलाई जबरजस्ती बीमा गर्न बाध्य बनाउने भएकाले याे सेवा घातक र असान्दर्भिक रहेकाे उल्लेख गरेकाे छ। स‌ंघले बैंकास्याेरेन्स र वेब एग्रिगेटर सेवा समेत बीमा सेवाका लागी घातक भएकाे भन्दै यसलाई प्राेत्साहन नदिन समेत अनुराेध गरेकाे छ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्याेरेन्स सेवा पुनः सञ्चालनमा ल्याउने बारे सराेकारवालाबीच छलफल गराउन चाहेकाे बताए । उनले विश्वका धेरै मुलुकमा बै‌ंकास्याेरेन्स सेवा सञ्चालनमा रहेकाले नेपालमा पनि बीमामा पहुँच बढाउनका लागी बैंकास्याेरेन्स पुनः सञ्चालनमा ल्याउन सकिनेबारे छलफल हुनुपर्ने बताए । पहिला पनि थियाे, के कति कारणले हटाइयाे, अध्यक्ष सिलवालले भने, पहिलेका विकृती हटाएर पुनः शुरू गर्न सकिन्छ।

बैंकले बीमा गराउँदा आफ्ना ऋणीलाई करकापमा पारेर जीवन बीमा गर्न बाध्य बनाएकाे व्यापक गुनासाे आएपछि नेपाल राष्ट्र बैंकले बै‌ंकास्याेरेन्स सेवामा प्रतिबन्ध लगाएकाे थियाे । बैंकास्याेरेन्स सेवा पुनः सञ्चालनमा ल्याउनका लागी राष्ट्र बैंक र बीमा प्राधिकरण दुबैकाे सहमति आवश्यक हुन्छ। प्राधिकरणले एक्लै याे सेवा सञ्चालनमा ल्याउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS