IME Life New

दमाैलीकाे एपेक्स मलले आइपिओ निकाल्ने, पायाे यस्ताे रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । तनहुँ सदरमुकाम दमाैलीमा अवस्थित मल्टीप्लेक्स (सिनेमा घर,बजार र हाेटल) सहितकाे कम्पनी एपेक्स हस्पिटालिटीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएकाे छ। पहिलाे चरणमा क्यूएफएक्सका दुईवटा सिनेमा हल सञ्चालन गरिरहेकाे एपेक्स हस्पिटालिटीले थप पूँजी जुटाउनका लागी शेयर निष्काशन गर्न लागेकाे हाे ।

श‌ंकर समूहले प्रवर्द्धन गरेकाे रेटिङ एजेन्सी इन्फाेमेरिक्सले जारी गरेकाे प्रेस विज्ञप्ती अनुसार शेयर निष्काशनका लागी एपेक्सले आइआरएन बि प्लस(आइआर) रेटिङ पाएकाे छ। यस्ताे रेटिङले समयमै वित्तीय दायीत्व बहनका लागी उच्च जाेखिम विद्यमान रहने अवस्थालाई जनाउँछ । कति रकमकाे लागी आइपिओ जारी गर्न लागेकाे हाे भन्ने बारे विज्ञप्तीमा केही खुलाइएकाे छैन ।

Esewa
Crest

व्यापारमा मन्दीसँगै कूल काराेबार रकममा झिनाे अ‌ंकले सुधार गरेकाे छ। अघिल्लाे आवमा कूल १ कराेड ३० लाखकाे काराेबार गरेकाेमा  गत आवमा १ कराेड ५० लाख रुपैयाँकाे काराेबार गरेकाे छ। अघिल्लाे आर्थिक वर्ष २०७८।७९मा ४० प्रतिशत क्षमतामा चलेकाे सिनेमा घर गत आव २०७९।८०मा १७ प्रतिशतमा सीमित हुन पुगेकाले यसकाे घाटा बढ्दै गएकाे छ। सीमित क्षमता उपयाेगिता, उच्च ब्याज खर्चका कारण भारी नाेक्सानी व्यहाेर्नु परिरहेकाे छ।

इन्फाेमेरिक्स नेपालका अनुसार एपेक्सले सिनेमा घर छेउमै ३४ काेठाकाे दुई तारे स्तरकाे हाेटल समेत निर्माण गरिरहेकाे छ।  हाेटलकाे सञ्चालन र व्यवस्थापनका लागी सिद्धार्थ ग्रुप अप हस्पिटालिटीसँग व्यवसायीक सम्झाैता गरिसकेकाे छ। आगामी माघ महिना देखि हाेटल आ‌ंशिकरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS