Connect IPS
IME Life

द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग गर्यो सहकार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरेका थिए । सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको असाधारण मानिएको यस परियोजनाको शुभारम्भ मुख्यमन्त्रीले गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवद्र्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पु¥याउने कुरामा जोड दिए ।

यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ । परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ ।

तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ । दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ ।

साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ ।

द कोका–कोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ । माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरूलाई जिवनमा सफल हुनका लागि आवश्यक उपकरण र अवसरहरू प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं ।”

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै भने, “एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न मात्र नभइ हामी भविष्यमा दोहो¥याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि छौं । हामी कोका–कोला फाउन्डेसनकोे सहयोग प्रति कृतज्ञ छौं र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौं ।”

द कोका–कोला फाउन्डेसनले नेपालको लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तिकरणसम्मका विविध परियोजनाहरूमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ । यस्ता पहलहरूले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ । द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरूसँग साझेदारी निरन्तर गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS