IME Life New

प्रभु बैंकबाट १४८ जना कर्मचारीले जागिर छोडे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । प्रभु बैंकले ल्याएको  स्वेच्छिक अवकाश याेजनामा १४८ जना कर्मचारीले आबेदन दिए पछि बैंक ब्यबस्थापनले  सो आबेदनलाई सदर गरेको छ।  १४ जना उच्च तहका  कर्मचारी सहित १४८ जना कर्मचारी प्रभु बैंकबाट एकैपटक बाहिरिएका छन्।

नायब महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धर, सहायक महाप्रबन्धक भोला प्रसाद पाठक, मुख्य प्रबन्धक सुवास बहादुर श्रेष्ठ, बरिष्ठ प्रबन्धक शेखर वास्ताकोटी र सन्ध्या श्रेष्ठ, प्रबन्धक खोमी शेव ढुंगाना, सत्यम जोशी र मदन डंगोल, सहायक प्रबन्धकहरु चेत नारायण गौतम, बिकाश लाल श्रेष्ठ, प्रकाश गौतम , भेष राज खड्का, तिर्थ मणि काफ्ले , हरि कृष्ण दाहाल लगायत र बाँकी पियन, सवारी चालक, रेकर्ड किपर देखि बरिष्ठ अधिकृत सम्म १३४ जनाले जागिर छोडेका हुन्।

Esewa
Crest

पछिल्लाे समयमा सेन्चुरी कमर्शियल बैंकलाई गाभेकाे प्रभू बै‌ंकले कर्मचारीका लागि स्वेच्छिक अवकाश याेजनाकाे घाेषणा गरेकाे थियो । मर्जरका कारण जनशक्ति अधिक भएकाले जनशक्ति कटाैती गरेर व्यवस्थापन खर्च नियन्त्रण गर्नुपर्ने दबाबमा रहेकाे कम्पनीले स्वेच्छिक अवकाश कार्यक्रम घाेषणा गरेकाे थियो ।

प्रभु बैंकले ल्यायाे स्वेच्छिक अवकाश याेजना, कर्मचारीले २४ महिनासम्मकाे तलब पाउने

सञ्चालक समिति र उच्च व्यस्थापन तहले अनुमान गरेभन्दा निक्कै कम जनशक्तिले स्वेच्छिक अवकाश राेज्न आवेदन दिएपछि याेजनाकाे अवधि एक साता लम्ब्याइएकाे थियो ।

३ हजार २ सय कर्मचारी कार्यरत याे बै‌ंकमा करिब ५० जनाले स्वेच्छिक अवकाश राेज्दै आवेदन दिएका छन् । बै‌ंक व्यवस्थापनले क्रमबद्धरूपमा जनशक्ति कटाैती गर्दै २ हजार ४ सयकाे हाराहारीमा जनशक्ति सीमित नगर्दा सम्म अपरेटिङ इफिसिएन्सी हासिल गर्न चुनाैतीपूर्ण देखिन्छ।

सीमित आवेदन परेपछि प्रभु बैंकले स्वेच्छिक अवकाशका लागि समय थप्याे

बै‌ंकका अनुसार पाँच वर्ष सेवा अवधि पुरा गरेका सबै तहका कर्मचारीले २४ महिनाकाे  तलब भुक्तानी पाउनेछन्। पाँच वर्षभन्दा कम सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक र माथिल्लाे तहका कर्मचारीले अवकाश राेजेकाे अवस्थामा २० महिनाकाे खुद तलब भुक्तानी पाउनेछन् । यसैगरी तीन वर्षदेखि ५ वर्षसम्मकाे सेवा अवधि पुरा गरेका अधिकृत तहका कर्मचारीले २० महिनाकाे तलब भुक्तानी प्राप्त गर्नेछन् ।

यी हुन् जागिर छोड्ने १४८ जना कर्मचारी

VRS

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS