काठमाडौं । भारतविरुद्ध क्रिकेट खेल्ने नेपाली खेलाडीलाई सिटिजन लाइफले ५ लाखसम्मको बीमा गरिदिने भएको छ । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक वीकेट छक्का र चौका बापत् नेपाली क्रिकेट टिमलाई ५० हजार रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्मको जीवन बीमा गरिदिने कम्पनीले घोषणा गरेको हो ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक वीकेटको ५ लाख, छक्काको एक लाख र चौकाको पचास हजार बराबरको जीवन बीमा गरि दिने घोषणा गरेको हो। सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का, चौका र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई जीवन बीमा गरि दिने घोषणा गरेको हो।
श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।