काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षका लागी सूचीकृत पुनर्बीमा दलालकाे नामावली सार्वजनिक गरेकाे छ। नेपाल पुनर्बीमामा यस वर्षका लागी विभिन्न मुलुकका २८ वटा पुनर्बीमा दलाल कम्पनी दर्ता भएका छन् ।
दर्ता हुन आएकाहरुमध्ये अधिकांश भारतीय पुनर्बीमा दलाल कम्पनीहरू रहेका छन् । पुनर्बीमा दलालले पुनर्बीमा कम्पनी र बीमा कम्पनीबीच जाेखिम हस्तान्तरण सम्झाैताकाे लागी मध्यस्थकर्ताकाे रुपमा काम गर्छन् । पुनर्बीमा कम्पनीका लागी व्यवसाय खाेजी दिने र बीमा कम्पनीका लागी पुनर्बीमक खाेजेर पुनर्बीमा सम्झाैता गराई दिने सेवा पुनर्बीमा दलाल कम्पनीले दिन्छन् । यसवापत यी कम्पनीहरुले कमिशन वापत निश्चित रकम आम्दानी समेत गर्छन् ।